काठमाडौं । कसैलाई डेढ महिनासम्म बढुवा रोक्ने र कसैलाई एकदिनको लागि एआइजी बनाउने गृह मन्त्रालयको कदमको सांसदले विरोध जनाएका छन् ।
गृहमन्त्री रवि लामिछानेको वकिलका भान्जा पर्ने प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई एआइजीपी सिफारिस गरिएकोप्रति संसद् बैठकमा कांग्रेस सांसद् इश्वरीदेवि न्यौपानेले आपत्ति जनाइन् ।
उनलाई एकदिने एआईजी बनाउनै लाग्दा ५० दिनसम्म बढुवा नभएपछि प्रहरीका प्राविधिकतर्फका २ वरिष्ठ उपरीक्षक एसएसपी भने अवकाश पाएका छन् ।
डीआइजी पोखरेल २१ असारबाट अवकाशमा जान लागेका छन् । तर, एकदिनको लागि उनलाई एआइजी बढुवाका लागि सिफारिस गरिएको छ ।
एकदिन २० गते एआइजी हुनेछन् । भोलिपल्टबाट अवकाशमा जानेछन् । तर, ५० दिनसम्म बढुवा प्रक्रिया रोकिएपछि नेपाल प्रहरीको प्राविधिक तर्फका २ एसएसपी बिहीबार अवकाशमा गए ।
डीआईजीमा दरबन्दी रिक्त हुँदाहुँदै पनि प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि नबढाउँदा उनीहरू बिहीबार अवकाशमा गएका हुन् । अवकाश हुनेमा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपीद्वय डा.दीपक श्रेष्ठ र डा.सुवास आचार्य छन् ।
आफ्ना वकिलका भान्जालाई ‘एकदिने’ एआइजी बनाउँदै गृहमन्त्री रवि लामिछाने !
एसएसपीको ६ वर्षे पदावधि सकिएपछि उनीहरू अवकाशमा गएका हुन् । यदि, डीआईजीमा बढुवा भएका भए उनीहरू अझै ५ वर्ष सेवामा रहन पाउँथे ।
यसैलाई लक्षित गर्दै सांसद न्यौपानेले भनिन्, ‘‘पद बदबहालीको २ दिनपछि अवकाश पाउने डीआइजीलाई एआइजीमा बढुवा गर्ने सिफारिस गरेको छ । जीवनभरको कामको मुल्याङकन गरेर यो काम गरेको होला भन्ने लाग्यो । तर, त्यसको ठिक दिनअघि नेपाल प्रहरीको प्राविधिकतर्फका एसएसपीहरू भने प्रमोसन प्रक्रिया रोकेकै कारण अनिवार्य अवकाशका जानुपर्यो । ५० दिन बित्दासमेत के कारणले बढुवा भएनन् ? बढुवा भएका भए उनीहरू थप पाँचवर्ष सेवागर्न पाउँथे । किन डीआईजी बढुवामा जागेको दयाभाव एसएसपी बढुवामा जागेन ? सङ्गठनमा हस्तक्षेप गर्दिन भनेको यही हो ?’’
Facebook Comment
Comment