महामन्त्रीको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : शिशिर खनाल

नेपालभ्युज

महामन्त्रीको प्रतिवेदनलाई गम्भीरतापूर्वक अध्ययन गर्छौं : शिशिर खनाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले महामन्त्री मुकुल ढकालले पार्टी सभापति समक्ष पेस गरेको समिक्षा प्रतिवेदनलाई गम्भीरताका साथ अध्ययन गरिने बताएका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खनालले पार्टी कमजोेर भयो कि भन्ने आवाज पार्टीभित्र उठेकाले नै महामन्त्री ढकाललाई समिक्षा यात्रामा पठाइएको बताए ।

उनले महामन्त्रीलाई पार्टीको अवस्था पत्ता लगाउनका लागि नै यात्रामा पठाइएको उल्लेख गरे ।

प्रतिवेदनको गम्भीरतापूर्वक अध्ययन गरिने र निष्कर्ष निकालिने उनले जानकारी दिए ।

महामन्त्री ढकालले पार्टीको राजनीतिक अवस्थाको समिक्षा गर्न भन्दै गत जेठ ६ गतेदेखि समिक्षा यात्रा सुरू गरी ३८ जिल्ला पुगेर गरेको समिक्षा प्रतिवेदन बुधवार सभापति रवि लामिछानेलाई बुझाएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved