छानबिन समितिले गोर्खा मिडियामा प्रवाह भएको रकमबारे अनुसन्धान गर्ने

नेपालभ्युज

छानबिन समितिले गोर्खा मिडियामा प्रवाह भएको रकमबारे अनुसन्धान गर्ने

काठमाडौं । सहकारी छानबिन समितिले गोर्खा मिडियामा अन्य सहकारीबाट प्रवाह भएको रकमको स्थितिबारे अनुसन्धान गर्ने निर्णय गरेको छ ।

बुधबार बसेको समितिको बैठकले सो निर्णय गरेको संयोजक सूर्य थापाले जानकारी दिए ।

उनले भने, ‘अन्य सहकारीबाट गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थितिमा समेत हामीले ६ वटा बुँदासहित ९ वटा सहकारीको कागजात माग गर्ने निर्णय गरेका छौं ।’

गोर्खा मिडियामा प्रवाह भएको रकममा समितिको चासो रहेको उनको भनाइ छ ।

साथै, टीओआरको अनुसूची-२ मा रहेका सहकारीको अनुसन्धानका लागि सम्बन्धित पक्षसँग छलफल गर्ने पनि निर्णय भएको छ ।

‘ती सहकारीको पछिल्लो साधारसभाको विवरण, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षणको परीक्षण, अन्य आवश्यक वित्त विवरणको कागजात मगाई अनुसन्धान हुनेछ ।’ उनले भने ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved