गगनको टिप्पणी : जादुगर भन्दै यताउता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ

नेपालभ्युज

गगनको टिप्पणी : जादुगर भन्दै यताउता उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

सरकार अहिले चलाइरहेका राजनीतिक दलहरूलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न पार्टीका नेता/कार्यकर्ताहरूलाई उनले आग्रह गरे ।

थापाले २०८४ सम्म कांग्रेसले सरकारतिर फर्किएर हेर्नै नहुने र यो बीचमा पार्टी निर्माणमा लाग्नुपर्ने बताए ।

उनले म जादुगर हो भनेजसरी यता उति उफ्रिने काम प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोडिदिन पनि आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved