१० दिन जङ्गलमा हराएका म्याक्लिस भन्छन्- जुत्ताको पानी खाएर बाँचेँ

नेपालभ्युज

१० दिन जङ्गलमा हराएका म्याक्लिस भन्छन्- जुत्ताको पानी खाएर बाँचेँ

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा १० दिनदेखि पहाडमा हराएका एक व्यक्ति फेला परेका छन् ।

अमेरिकी समाचार च्यानल सीएनएनका अनुसार ३४ वर्षीय लुकास म्याक्लिस जुन ११ मा सान्ता क्रूज पहाडमा घुम्न गएका थिए । हिमाल हेर्नको लागि उनी ३ घण्टा उकालो हिँडे । तर, फर्किने बेलामा बाटोमा बिर्सिए र हराए ।

म्याक्लिससँग केही जामुन र लगभग १० लिटर पानी थियो। यसबाट उनी १० दिनसम्म बाँचे ।

क्यालिफोर्निया प्रहरीका अनुसार बिहीबार जंगलको बीचमा एउटा ड्रोनले म्याकक्लिस फेला पारेका थिए । उनी माटोले ढाकिएको र निकै कमजोर अवस्थामा फेला परेका थिए ।

परिवारका सदस्यहरूका अनुसार उनीहरूले पहिले म्याकक्लिसलाई उनको घर नजिकै खोजे तर, जुन १६ मा फादर्स डेको दिन पनि ५ दिन बितिसक्दा पनि उनी नभेटिएपछि स्थानीय प्रहरीमा हराएको उजुरी दिएका थिए ।

यसपछि म्याक्लिसलाई खोज्न प्रहरीले ३०० जनाको विशेष उद्धार अभियान सुरू गरेको थियो । उनीहरूलाई खोज्न प्रहरी र वन विभागले २६ सय वर्ग किलोमिटर जंगलमा ड्रोनमार्फत् खोजी गरेको थियो ।

अमेरिकी न्यूज च्यानल एबीसीलाई दिएको अन्तर्वार्तामा म्याकक्लिसले १० दिनसम्म जङ्गलमा एक जोडी प्यान्ट, जुत्ता र टोपी लगाएर मौसमसँग लडेको बताए ।

त्यसबेलामा जुत्तामा पानी जम्मा गरेर पिउने गरेको उनी बताउँछन् । यसैको सहाराले आफू बाँचको उनको भनाइ छ ।

जंगलमा लागेको आगलागीका कारण उनले बाटो बिर्सिएका हुन् । उनको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved