काठमाडौं । लामो समयदेखि थन्किएको नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ईपीजीको प्रतिवेदन बुझ्ने पहल भइरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दाबी गरेका छन् ।
सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणमा पनि उक्त विषयमा समझदारीका लागि पहल गरेको जनाए ।
प्रतिवेदन कहिले बुझ्नेबारे भने प्रधानमन्त्रीले खुलाएनन् । ईपीजीको प्रतिवेदन तयार भएको ६ वर्ष पुगे पनि दुवै देशका सरकारले बुझेका छैनन् ।
प्रतिवेदन तयार पार्ने समूहका कतिपयको निधन भइसकेको छ । प्रतिवेदन बुझ्न भारत सरकारले आनाकानी गर्दै आएको आरोप लागेको छ ।
नेपाल–भारत सम्बन्ध र सन्धीलाई राष्ट्रिय सहमतिका आधारमा अगाडि बढाउने पनि प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे ।
Facebook Comment
Comment