एजेन्सी । महिनावारी हरेक युवतीको जीवनको महत्वपूर्ण हिस्सा हो । धेरै जसो युवतीमा महिनावारीको सुरुआत १० देखि १६ वर्षको बीचमा हुने गर्छ ।
यो एउटा शारीरिक प्रक्रिया हो, जसमा विभिन्न प्रकारका परिवर्तन पनि हुने गर्छन् । आउनुहोस् त्यसबारे जानौं–
महिनावारी सुरु हुँदा पेट दुख्नु आम समस्या हो । यसको सुरुआत हुनुअघि पनि धेरै किशोरीलाई पेट दुख्ने समस्या देखिन्छ ।
महिनावारी सुरु हुनुअघि शारीरिक रुपमा देखिने पहिलो संकेत हो छाती अर्थात स्तनको विकास हुनु । प्रायः धेरै युवतीमा स्तनको विकास महिनावारी सुरु हुनुअघि हुन्छ ।
महिनावारी सुरु हुनु भन्दा अगाडि शरीरका ती हिस्सामा रौं आउन थाल्छन् जहाँ पहिला देखिएका थिएनन् । खुट्टा, हात, काखी तथा योनांगमा रौं आउन सुरु गर्छन् ।
त्यस्तै यी बाहेक अर्को संकेत भेजाइनल डिस्चार्ज हुने गर्छ । कुनै किशोरीमा भेजाइनल डिस्चार्ज हुन थालेको छ भने बुझ्नुपर्छ उसलाई छिटै महिनावारी सुरु हुँदैछ ।
पहिलोपटक महिनावारी आउनु अघि शरीरमा एकदमै धेरै थकान महसुस हुन्छ । ४० प्रतिशत युवतीमा यसक्रममा धेरै निद्रा लाग्ने गर्छ ।
यसक्रममा हर्मोनल परिवर्तन हुन थाल्छन् । शरीरमा टेस्टोस्टेरोन हर्मोन बढ्छ । जसले गर्दा उनीहरुमा डन्डीफोर आउन सक्छ ।
पहिलोपटक महिनावारी हुनुअघि किशोरीको मुडमा पनि विभिन्न प्रकारको परिवर्तन हुन्छ । उनीहरुमा चिडचिडापन आउने गर्छ ।
Facebook Comment
Comment