एजेन्सी । अहिलेको व्यस्त जीवनमा हरेक दोस्रो व्यक्ति तनावमा रहन थालेको छ । यही कारण कतिपय मानिस मानसिक समस्या भोगिरहेका हुन्छन् ।
तपाईं यस्तो समस्याबाट बच्न चाहनुहुन्छ भने केही योगासनको सहयोग लिन सक्नुहुन्छ ।
योग स्वस्थ जीवन अपनाउने व्यक्तिका लागि अनिवार्य जस्तै बन्न थालेको छ । यसले शरीरलाई शारीरिक तथा मानसिक दुवै खालका समस्याबाट बचाउँछ ।
तपाईं पनि तनाव तथा कमजोर महसुस गरिरहनु भएको छ भने केही सजिला योगासनको सहयोग लिन सक्नुहुन्छ ।
ब्रिज पोज
ब्रिज पोजले तपाईंको ढाडको तनाव तथा थकान कम गर्छ । यसको दैनिक अभ्यासले छाती, घाँटी र ढाडको हड्डीमा लचकता आउँछ । जसले गर्दा तनाव, थकान तथा चिन्ता कम हुन्छ ।
हस्तपादासन
यो आसनका पनि कयौं फाइदा छन् । यो आसनले मुख्य रुपमा तपाईंको ढाड, पिडुला आदिको मांसपेशीहरुमा लचकता ल्याउँछ । साथमा यो आसनको सहयोगले तनाव हर्मोन पनि कम गर्न सकिन्छ ।
बालासन
यो मुद्रालाई ‘चाइल्ड पोज’ पनि भनिन्छ । यो आसनले दिमागलाई शान्त बनाउँछ तथा तनाव र हल्का डिप्रेशनबाट पनि राहत दिन्छ । बालासन गर्नाले ढाड र घाँटीमा भएको दुखाई पनि कम गर्न सकिन्छ ।
वृक्षासन
यो आसनको सहयोगले खुट्टा, पिँडौला, घुँडा तथा ढाडलाई बलियो बनाउन सकिन्छ । यो आसन मानसिक स्वास्थ्यका लागि पनि एकदमै फाइदाजनक छ । यसले मानिसको मुड राम्रो बन्छ ।
कोबरा पोज
भुजंगासन मानसिक तथा शारीरिक स्वास्थ्यका लागि एकदमै राम्रो मानिन्छ । यसले तपाईंको ढाडमा एकदमै राम्रो असर गर्छ जसले गर्दा पाचन तन्त्रमा पनि सुधार ल्याउँछ । यो आसनले मुड पनि राम्रो बनाउन सकिन्छ ।
Facebook Comment
Comment