कर्मचारी सरुवा स्थगित

नेपालभ्युज

कर्मचारी सरुवा  स्थगित

काठमाडौं । सरकारले कर्मचारी सरुवा गर्ने निर्णय तत्कालका लागि स्थगित गरेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सूचना प्रकाशित गरी कर्मचारी सरुवा सम्बन्धी ‘मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले’ हाललाई स्थगित गरिएको जानकारी दिएको छ।

‘नेपाल सरकार, सचिव बैठकको मिति २०८१।३।६ गतेको निर्णयानुसार कर्मचारी सरुवालाई व्यवस्थित गर्न सरुवा सम्बन्धी मापदण्ड तयारी कार्य गर्नु पर्ने भएकोले अर्को सूचना प्रकाशित नभएसम्मका लागि कर्मचारी सरुवा सम्बन्धी कार्य स्थगित गरिएको व्यहोरा मिति २०८१।०३।०७ को निर्णयानुसार सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’ मन्त्रालयका शाखा अधिकृत सुरेश श्रेष्ठद्वारा जारी सूचनामा उल्लेख छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved