२२ नम्बर वडाले उखेल्यो न्यूरोडको बिरुवा, रेलिङ समेत काटेपछि महानगर र वडाबीच टसल

नेपालभ्युज

२२ नम्बर वडाले उखेल्यो न्यूरोडको बिरुवा, रेलिङ समेत काटेपछि महानगर र वडाबीच टसल
सांकेतिक स्केच

काठमाडौं । काठमाडौं महानगरपालिकाका २२ नम्बर वडाले न्यूरोडको फुटपाथमा रहेको विरुवा काटेको छ रेलिङ पनि काटेको छ ।

वडाध्यक्ष चिनकाजी श्रेष्ठसहितको रोहबरमा विरुवा उखेलेर रेलिङ काटिएको हो ।

कुमारीको आँखा आकृतिमा राखिएको फुटपाथ र सडकको बिचमा राखिएको रेलिङ काटिएको वडासदस्य चन्द्रमान तुलाधरले बताए ।

वडाध्यक्ष श्रेष्ठले ३० जेठदेखि नै विरुवा उखेल्ने मान्छे खटाएका थिए । २८४ वटा विरुवा उखेलेपछि नगर प्रहरीले हस्तक्षेप गरेका छन् । अहिले रोकिएको छ । २५ वटा रेलिङ वडाले काटेको छ । काटेको रेलिङहरू महानगर प्रहरीको नियन्त्रणमा छ ।

फुटपाथ बढाउने भनिरहँदा बिरुवाको कारणले झन् स्थान घटाउने भएकोले उखेलेको वडासदस्य तुलाधारले बताएका छन् ।

काठमाडौं महानगरपालिका भने वडाविरुद्ध अदालत जाने भएको छ । मेयर बालेन्द्र साह (बालेन)का प्रमुख स्वकीय सचिव भूपदेव शाहले वडा कार्यालयविरुद्ध कानुनी कारबाहीमा जाने तयारी गरेको बताउँछन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved