सरकारद्वारा ८ देशमा राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी

नवनियुक्त राजदूतको संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकमा स्वीकृतिका लागि एग्रिमो पठाइनेछ । त्यसपछि उनीहरू कार्यभार सम्हालन जानेछन् ।

नेपालभ्युज

सरकारद्वारा ८ देशमा राजदूत सिफारिस, भारतमा लोकदर्शन रेग्मी

काठमाडौं । सरकारले रिक्त रहेका ८ देशमा राजदूत सिफारिस गरेको छ । शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले भारत, अमेरिका र बेलायतसहित ८ देशमा राजदूत सिफारिस गरेको हो ।

एक मन्त्रीका अनुसार भारतको राजदूतमा पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी सिफारिस भएका छन् ।  अमेरिकाको राजदूतमा पूर्वसचिव चन्द्र घिमिरे सिफारिस भएका छन् ।

यसैगरी बेलायतको राजदूतमा  डा. विजन पन्तर  साउदी अरबको राजदूतमा अबुसुफ्यान खान सिफारिस भएका छन् ।  दक्षिण कोरियाको राजदूतमा सुशील प्याकुरेल र मलेसियाको राजदूतमा नेत्रप्रसाद तिमल्सिना सिफारिस भएका छन् ।

स्पेनको लागि नेपाली राजदूतमा पुष्पराज रञ्जितकार, डेनमार्कको लागि सुम्निमा तुलाधर सिफारिस भएका छन् । बैठकले  अष्ट्रेलियाको न्यू साउथ वेल्सका लागि सञ्जीवकुमार शर्मा र भिक्टोरियाका लागि निराजन गौलीलाई अवैतानिक राजदूत नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यसअघि सरकारले यी सबै देशका राजदूत फिर्ता बोलाएको थियो । बैठकले सत्तारुढ दलहरूको भागबन्डाअनुसार राजदूत सिफारिस गरेको हो । सत्ता साझेदार दलबीच १० सांसद बराबर एक राजदूत सिफारिस गर्ने सहमति बिहीबार भएको थियो । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र)को सिफारिसमा यसअघि नै तीन राजदूत भएकाले यसपटक एमाले र रास्वपाले मात्रै भाग पाएका हुन् ।

नवनियुक्त राजदूतको संसदीय सुनुवाइपछि सम्बन्धित मुलुकमा स्वीकृतिका लागि एग्रिमो पठाइनेछ । त्यसपछि उनीहरू कार्यभार सम्हाल्न जानेछन् ।

 

 

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved