आफूलाई मन्त्रीको भतिज बताएर माल्टा पठाइदिने भन्दै पैसा उठाउने केशवराज जोशी पक्राउ

नेपालभ्युज

आफूलाई मन्त्रीको भतिज बताएर माल्टा पठाइदिने भन्दै पैसा उठाउने केशवराज जोशी पक्राउ
फोटो- सांकेतिक स्केच

काठमाडौं । माल्टा पठाइदिन्छु भन्दै झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा नेकपा (एकीकृत समाजवादी) निकट युवा केशवराज जोशी पक्राउ परेका छन् ।

आफूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको भतिज दाबी गर्दै सर्वसाधारणलाई प्रभाव पारेर रकम उठाएको बताइएको छ ।

वैदेशिक रोजगार विभागमा जोशीविरुद्ध उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो । त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले माल्टामा प्रतिष्ठित होटलमा मासिक चार/पाँच लाख रुपैयाँ तलब हुनेगरी पठाइदिन्छु भनेर पाँच/छ जनाबाट पचास लाख रुपैयाँ लिएको आरोप छ ।

उनले पीडितहरूलाई विश्वासमा पार्न आफूलाई सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको भतिज बताउँदै हिँड्ने गरेका थिए ।

यद्यपि मन्त्री जोशीको सचिवालयले भने उनीसँग मन्त्रीको कुनै साइनो नभएकाे प्रष्ट पारेको छ । पक्राउ परेका जोशीलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved