भारत लैजान लागेको २ करोड ७१ लाख मूल्यको भेप हेटौँडामा बरामद, पाँचजना पक्राउ

नेपालभ्युज

भारत लैजान लागेको २ करोड ७१ लाख मूल्यको भेप हेटौँडामा बरामद, पाँचजना पक्राउ

हेटौँडा । प्रहरीले हेटौंडाबाट २ करोड ७१ लाख मूल्यको भेपसहित ५ जना पक्राउ गरेको छ । ५८ कार्टुन चाइनिज भेपसहित मकवानपुर प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा अवैध भेप भेटिएको हो । भेपको फ्लेवर फेला परेको मकवानपुरका एसपी सिताराम रिजालले जानकारी दिए ।

रिजालको कमान्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालयसहितको संयुक्त टोलीले बिहीबार साँझ हेटौँडा–११ थाना भर्‍याङबाट भेप फेला पारेको हो ।

पक्राउ पर्नेमा बस चालकसहित छन् । चालक दोलखा भीमेश्वर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान हुन् ।

सहचालक उदयपुर कटारी नगरपालिका–११ का २७ वर्षीय प्रविन्द्र राना छन् ।  नुवाकोट दुप्चेश्वर गाउँपालिका–७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई प्रहरीले पक्राउ गरेको छ ।

बसमा भारत जाने यात्रुसमेत रहेको र बस भारत–नेपाल ओहोरदोहोर गर्ने नभई भेप तस्करीकै लागि भाडामा लिएर प्रयोग गरेको अनुसन्धानबाट खुलेको एसपी रिजालले बताए ।

प्रहरीले बससहित पक्राउ परेका पाँचै जनालाई थप कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी गरेको छ ।

उक्त भेप काठमाडौंको गोङ्गबु बसपार्कभन्दा माथि रमाइलो डाँडाबाट लोड गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी रिजालले जनाए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved