‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण

नेपालभ्युज

‘यम बराल साँझ’बाट उठेको रकम क्यान्सर पीडित गायिका जमुना थापालाई हस्तान्तरण

काठमाडौं । ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले क्यान्सर पीडित गायिका जमुना थापालाई उपचारको लागि सहयोग गरेको छ ।

२०५० पछि गायन क्षेत्रमा लागेकी थापा अहिले क्यान्सरले थलिएकी कारण उपचारमा ‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले सहयोग गरेको हो ।

‘लायन्स क्लब अफ सिद्धार्थ एभरग्रिन’ले १८ कात्तिकमा नेपाल प्रज्ञा प्रतिष्ठानको भवन कमलादीमा गरेको यम बराल एकल साँझबाट उठेको रकममध्ये केही सहयोग गरेको हो ।

जो क्यान्सर जिताउन गीत गाउँथिन्, आज आफैँ क्यान्सर पीडित बनिन् (भिडिओ)

‘सामाजिक र सांस्कृतिक परिवर्तन लागि शिक्षा’ भन्ने अभिप्रायबाट सहयोग स्वरूप यम बराल साँझ गरिएको थियो ।

त्यहाँ उठेको केही रकम चेपाङ, दलित समुदायको वासस्थान रहेको धादिङ गजुरीको डोल भञ्ज्याङ माबिमा सहयोग गरिएको थियो ।

तुलसादेवी फाउन्डेसन ललितपुरबाट सञ्चालित अनाथालयलाई सहयोग गरिएको छ ।

अहिले केही रकम क्यान्सर पीडित गायिका थापालाई प्रदान गरिएको अध्यक्ष कल्पना बस्नेतले बताइन् ।

एकल साँझमा यम बराल : कहिले नचाए, कहिले रुवाए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved