मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत नियुक्ति मुख्य एजेण्डा

नेपालभ्युज

मन्त्रिपरिषद्को बैठक बस्दै, राजदूत नियुक्ति मुख्य एजेण्डा

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बोलाइएको छ । बैठक सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालयमा दिउँसो ४ बजे बस्ने छ ।

हिजो नियमित बस्नुपर्ने बैठक स्थगित गरेर आजका लागि मन्त्रिपरिषदको बैठक बोलाइएको हो । आजको बैठकले विभिन्न मुलुकमा रिक्त रहेका राजदूत नियुक्ति गर्ने एक मन्त्रीले बताए । सत्तारुढ प्रमुख तीन दलको हिजो बसेको बैठकले राजदूतको भागबन्डा मिलाइसकेको छ ।

दलीय सहमति जुटेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले राजदूत नियुक्त गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । दलीय सहमति अनुसार एमालेले आठ देशको राजदूत पाउने भएको छ ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले दुई र माओवादी केन्द्रले एक देशको राजदूत पाउने सहमति भएको नेताहरुले बताएका छन् ।

यसअघि सरकारले भारत, अमेरिका, बेलायत, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगल गरी ११ देशको राजदूत फिर्ता बोलाएको थियो ।

सोही स्थानमा सरकारले नयाँ राजदूत पठाउन लागेको हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved