काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली राजनीतिक परिवर्तनमा महिलाहरूको ठूलो योगदान रहेको बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी दिनमा नेतृत्व विकासमा पनि महिलाहरूको अग्रणी भूमिका रहेको खण्डमा नेपालको राजनीतिक नेतृत्व अझ अघि बढ्नसक्ने बताए ।
उनले महिलाहरूलाई अहिले समावेशी, समानुपातिकको रूपमा महिलाहरूलाई ठाउँ दिइएको उल्लेख गर्दै महिलाहरूको भुमिका अझ बढी र प्रभावकारी, सशक्त हुने विश्वास व्यक्त गरे ।
उनले कांग्रेसभित्र महिलाहरूमा अन्तरघातको रोग रहेको जिकिर गर्दै पार्टीमा अन्तरघातको रोगबाट मुक्त गरेको खण्डमा महिलाहरूलाई अझ बढी मौका मिल्ने विश्वास व्यक्त गरे ।
Facebook Comment
Comment