काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा आज सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै छन् । संसदको नियमावली अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभाको बैठकमा जवाफ दिन लागेका हुन् ।
प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।
यसका लागि संसद बैठक बिहान ११ बजे बोलाइएको छ । नामको वर्णानुक्रम अनुसार सांसदले पालैपालो प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची पनि छ ।
विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, कृषि तथा पशुपक्षी विकास, सञ्चार तथा सूचना प्रविधि, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन र संघीय मामिला तथा सामान्य प्रशासन र कानून, न्याय तथा संसदीय मामिलामन्त्रीले जवाफ दिने कार्यसूची छ ।
Facebook Comment
Comment