कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठक स्थगित

नेपालभ्युज

कर्मचारीको आन्दोलनले प्रतिनिधि सभा बैठक स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका कारण सभामुख देवराज घिमिरेले असार ६ गते बस्ने गरी बैठक स्थगित गरेका हुन् ।

त्यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बोलेका सांसदहरूलाई प्रत्यक्ष प्रशारणमा नदेखाइएकोले ब्ल्याक आउट गरेर बैठक सञ्चालन नगर्न सभामुख घिमिरेको ध्यानाकर्षण गराएका थिए।

संसद् सचिवालयका कर्मचारीहरू तलब भत्ता, आवास भत्ता तथा शैक्षिक भत्ता वृद्धिको माग राख्दै आन्दोलनमा छन् ।

संसदमा कर्मचारीको आन्दोलन जारी, कालोपट्टी बाँधेर धर्नामा (तस्वीरहरू)

आन्दोलनरत कर्मचारी धर्नामा, सभामुखलाई सहयोग गर्न समेत बसेनन् (तस्वीरहरू)


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved