काठमाडौं । उत्तर कोरियाका दर्जनौँ सैनिकहरूले मंगलबार कडा किल्लाको सीमा पारको प्रयास गर्दा चेतावनी पुर्ण गोली चलाइएपछि पछाडी हटेको सियोलले जनाएको छ ।
प्योङयाङले दक्षिणसँगको आफ्नो सीमालाई बलियो बनाएको दुई हप्तामा भएको यो दोस्रो घटना हो ।
सीमा नजिकैको विस्फोटले धेरै उत्तर कोरियाली सैनिकलाई समेत घाइते बनाएको जोइन्ट चिफ अफ स्टाफले जनाएको छ । प्योङयाङले हालै दुई कोरियाबीचको सम्बन्ध खस्किएपछि झाडी सफा गर्न थता बारुती सुरुङहरु बिछ्याउन सेना तैनाथ गरेको थियो ।
दुई देशहरू प्राविधिक रूपमा युद्धमा रहँदा सन् १९५०–१९५३ को द्वन्द्व एक युद्धविराम पछि समाप्त भयो ।
तर, उत्तर कोरियाले प्रायद्वीप विभाजनलाई बलियो बनाउन अघि बढिरहेको छ । थप बारुती सुरुङहरु बिछ्याउँदै, रणनीतिक सडकलाई सुदृढ पारी ट्याङ्क विरोधी अवरोधहरू जस्तो देखिने, सियोलको सेनाले भन्यो ।
मङ्गलबार पनि क्रसिङ जुन–९ मा अघिल्लो पटक भएको जस्तै–दुर्घटना भएको जनाउदै जेसीएसले करिब २० देखि ३० उत्तर कोरियाली सैनिकहरूले सैन्य उपकरणहरू बोकेको उल्लेख गरेको छ ।
“दर्जनौँ उत्तर कोरियाली सैनिकहरूले सैन्य सीमाङ्कन रेखा पार गर्दै गर्दा चेतावनी गोली चलाइएपछि उत्तरतर्फ पछि हटेको एक जेसीएस अधिकारीले भने ।
सीमालाई सुदृढीकरण गर्ने जिम्मेवारी दिइएको उत्तर कोरियाली सैनिकको “बारम्बार बारूदी सूङग विस्फोटका घटनाहरूबाट धेरै हताहत भएता पनि उनीहरूले “लापरवाहीपूर्वक अपरेसनहरू अगाडि बढाउँदै गरेको अधिकारीले भने ।
“उत्तर कोरियाको गतिविधिहरू आन्तरिक नियन्त्रणलाई बलियो बनाउने उपाय जस्तो देखिने बताउँदै जेसीएस अधिकारीले उत्तर कोरियाली सेना र उत्तर कोरियालीहरूलाई दक्षिणतर्फ जानबाट रोक्नु यसको उदाहरण भएको उल्लेख गरे ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका मङ्गलबार पछि प्योङयाङ भ्रमण गर्ने तयारी सियोलमा चिन्ताको विषय बनेको छ, जसले उत्तरले आफ्नो उपग्रह कार्यक्रममा सहयोगको बदलामा युक्रेनमा प्रयोगका लागि मस्कोलाई हतियार पठाएको आरोप लगाएको छ । एएफपी
Facebook Comment
Comment