टी-२० क्रिकेटमा एकै ओभरमा ३६ रन बनेका ५ क्षण

नेपालभ्युज

टी-२० क्रिकेटमा एकै ओभरमा ३६ रन बनेका ५ क्षण

काठमाडौं । टी-२० क्रिकेटमा ब्याट्सम्यानले कुनै बेला बलरको नराम्रोसँग धुलाई गर्ने गरेका छन् ।

जसमा एकै ओभरमा ३६ रन बनाउनु झनै् रोचक कुरा हो । अहिलेसम्म एकै ओभरमा ३६ रन बनाएको पाँच वटा घटना छन् ।

जसमध्ये एक हो, मंगलबार बिहान भएको आईसीसी टी–२० विश्वकप २०२४ को समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजका निकोलस पूरनले अफगानिस्तानविरूद्ध बनाएको रन ।

उनले अफगानिस्तानका बलर आजमातुल्लाह ओमरजाईको बलमा एकै ओभरमा ३६ रन जोडेका हुन् ।

चौथो ओभरमा पूरनले पहिलो बल छक्का, नो बलमा ५ रन, वाइड बलमा ५ रन, दोस्रो बल डट, तेस्रो बल ४ रन, चौथो बल ४ रन, पाँचौं बल छक्का, र छैटौं बल छक्का प्रहार गरे । यसरी उनले एकै ओभरमा ३६ रन जोडे ।

युवराज सिंह
यदि हामी एक ओभरमा सबैभन्दा धेरै रन बनाउने कुरा गर्छौं भने, टी-२० अन्तर्राष्ट्रिय र विश्वकपको इतिहासमा यो उपलब्धि पहिलो पटक भारतका अलराउन्डर युवराज सिंहले हासिल गरेका थिए ।

उनले सन् २००७ मा इंग्ल्याण्डविरूद्ध स्टुअर्ट ब्रोडको एक ओभरमा ६ छक्का प्रहार गरेका थिए । सिंहले पहिलो पटक टी–२० क्रिकेटमा चमत्कार गरेका थिए ।

उनले ब्रोडलाई सन् २००७ मा इङ्ल्यान्डविरूद्धको पहिलो सिजनमा एक ओभरका ६ बलमा ६ छक्का प्रहार गरेका थिए । उनी टी–२० अन्तर्राष्ट्रियमा यस्तो गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । यस ओभरमा अतिरिक्त रन विनै ३६ रन बनेको थियो ।

किरोन पोलार्ड
युवराजपछि सन् २०२१ मा वेस्ट इन्डिजका पोलार्डले श्रीलंकाका बलरअकिला धनन्जयालाई एक ओभरका सबै ६ बल बाउन्ड्रीबाहिर प्रहार गरेका थिए ।

युवराजको कीर्तिमानसँग बराबरी गर्ने उनी विश्वकै दोस्रो ब्याट्सम्यान बनेका छन् ।

रोहित-रिंकु
यस वर्षको जनवरी १७ मा अफगानिस्तानविरूद्ध खेलिएको टी–२० अन्तर्राष्ट्रियमा भारतका कप्तान रोहित शर्माले करिम जनातको ओभरमा नो बलमा चौका प्रहार गरे र त्यसपछिका दुई बलमा ६ रनमा बाउन्ड्री बाहिर पठाए ।

तेस्रो बलमा एक रन लिए र त्यसपछिको ३ बलमा रिंकु सिंहले ३ छक्का प्रहार गरे । यो ओभरमा पनि कुल ३६ रन बन्यो ।

दिपेन्द्र सिंह ऐरी
गत वर्ष नेपालका दीपेन्द्र सिंह ऐरीले कतारविरूद्ध ६ छक्का प्रहार गरेका थिए ।

उनले कतारका बलर कामरान खानको बलमा ६ छक्का प्रहार गरेका हुन्, जुन खेल अल इमिरेट्समा खेलिएको थियो ।

टी–२० अन्तर्राष्ट्रियमा एक ओभरमा ६ छक्का प्रहार भएको यो तेस्रो पटक हो भने ३६ रन जोडिएको चौथो घटना हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved