मदिरा सेवन गरेर होहल्ला गरेपछि जलाधार कार्यालय रामेछापका हाकिमलाई स्थानीयले बुझाए प्रहरीमा (भिडिओ)

नेपालभ्युज

मदिरा सेवन गरेर होहल्ला गरेपछि जलाधार कार्यालय रामेछापका हाकिमलाई स्थानीयले बुझाए प्रहरीमा (भिडिओ)

काठमाडौं । भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापका हाकिमले मदिरा सेवन गरेर आतङ्क मच्चाएका छन् ।

कार्यालय प्रमुख सुरेश दाहाल सोमबार बिहानै मदिराले लट्ठिएर हो-हल्ला गर्दै गरेको अवस्थामा फेला परेपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय, रामेछापलाई बुझाएका हुन् ।

मदिराले लट्ठिएका दाहाललाई कार्यालयमा एक छिन राखियो । तर, अपशब्द बोलेपछि प्रहरी कार्यालय लगिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved