पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

नेपालभ्युज

पहिरोले अवरुद्ध बनेको पृथ्वी राजमार्ग खुल्यो

काठमाडौं । मुग्लिङ मलेखु खण्डमा गएको पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग खुलेको छ ।

वर्षासँगै खसेको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ– मलेखु सडक खण्ड अवरुद्ध भएको थियो ।

५ घण्टाको निरन्तर प्रयासमा सडकमा खसेको लेदो हटाएपछि दुईतर्फी नै यातायात चल्न थालेको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ ।

पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो । सडक सञ्चालन भएपश्चात लाइन लागेका सवारी साधन गन्तव्य तर्फ लागेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved