निर्वाचन आयोगको आयुक्तमा कृष्णमान प्रधान सिफारिस

नेपालभ्युज

निर्वाचन आयोगको आयुक्तमा  कृष्णमान  प्रधान सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले निर्वाचन आयुक्तमा कृष्णमान प्रधानलाई नियुक्त गर्न सिफारिस गरेको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रिक्त निर्वाचन आयुक्त पदमा प्रधानलाई नियुक्त गर्न सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिईन् ।

उनी  नेपाल कानुन समाजका कार्यकारी निर्देशक हुन् ।

प्रधानको नियुक्ति संसदीय सुनुवाइपछि हुनेछ । नियुक्तिपछि उनले प्रमुख निर्वाचन आयुक्तबाट पद तथा गोपनीयताको शपथ लिनेछन् ।

संवैधानिक आयोगहरूमा रिक्त रहेका पदाधिकारी नियुक्ति गर्नका लागि आइतवार प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषदको बैठक बसेको थियो ।

बैठकमा मुस्लिम आयोग, महिला आयोग, प्राकृतिक स्रोत तथा वित्त आयोगको रिक्त सदस्य र राष्ट्रिय समावेशी आयोगको अध्यक्ष पद रिक्त रहेपनि ती विषयमा कुनै छलफल नभएको बताइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिपक्षी दलका नेता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभामुख इन्दिरा राना मगर उपस्थित थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved