आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने भारतको अडानप्रति एमालेको असन्तुष्टि

नेपालभ्युज

आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने भारतको अडानप्रति एमालेको असन्तुष्टि
फाइल फोटो

काठमाडौं । नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले भारतले नेपालबाट आफूले लगानी गरेको मात्रै विद्युत खरिद गर्ने अडानप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सचिव भट्टराईले असन्तुष्टि जनाएका हुन् ।  उनले  नेपालको विद्युत खरिदमा भारत सरकारले भँगेराको जस्तो छाती भन्दा पनि ठूलो छाती बनाउन आवश्यक रहेको भन्दै भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराए ।

उनले नेपालको भारतसँग बहुआयामिक सम्बन्ध भएकाले विद्युत व्यापार सम्बन्धमा संकुचन अडान राख्न नहुने धारणा राखे । सचिव भट्टराईले भारत नेपालको विद्युत खरिदका सम्बन्धमा आफ्नो लगानीमा बनेको आयोजनाबाट मात्रै विद्युत खरिद गर्ने संकुचित अडानमा लचिलो बन्न आग्रह गरे।

उनले भारतलाई विद्युत आपूर्ति गर्नुपर्ने र नेपाल भारतलाई विद्युत निर्यात गर्न तयार रहेको अवस्थामा भारतले चीन वा अन्य कुन देशको लगानीमा बनेको आयोजना भन्ने विषयमा चासो राख्न जरुरी नभएको धारणा व्यक्त गरे ।

उनले चीन—भारत दुवै देश ट्रिलियन डलरमा व्यापार गर्ने तर नेपालबाट विद्युत खरिदमा नेपालको जलविद्युत आयोजनामा चीन वा अन्य देशको लगानीका विषयमा खोजी गर्न आवश्यक नभएको उल्लेख गरे । उनले नेपालको जलविद्युतमा जुनसुकै देशको लगानीमा बनेका आयोजना भएपनि नेपालको ट्रान्समिसन लाइनमार्फत भारतमा विद्युत निर्यात हुने भएकाले लगानीको विषयमा भारत सरकारले चासो राख्न जरुरी नभएको विचार व्यक्त गरे । उनले नेपाल जस्तो अल्पविसित देशलाई भारत जस्तो ठूलो देशले उदारता देखाउन आवश्यक रहेको बताए ।

उनले भने,‘नेपालको मित्र राष्ट्र भारतसँग बहुआयामिक सम्बन्ध छ । केही कुरामा हामी अफ्ठ्यारोमा पनि परेका छौं । संसद मार्फत मित्र राष्ट्र भारत सरकारलाई विद्युत व्यापारको सम्बन्धमा ध्यानाकर्षण गराउन चाहन्छु । उहाँहरुले ठूलो देशको ठूलो छाती देखाउनु पर्ने हो । त्यो देखाउनु भएको छैन । भगेराको जस्तो छाती भयो ।’

सचिव भट्टराईले नेपालले बंलादेशमा ५ हजार मेगावट विद्युत निर्यात गर्ने भारतको भूमि हुँदै ट्रान्समिसन लाइन जाने भएकाले भारत सरकारले सहजिकरण गर्न माग गरे । उनले अल्पविकसित मुलुक नेपाललाई विद्युत व्यापारमा सहजिकरण गरे मात्रै छिमेकीको न्यानोपन नेपालले प्राप्त गर्न सक्ने उल्लेख गरे  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved