९४ करोड बचत अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

नेपालभ्युज

९४ करोड बचत अपचलनको आरोपमा कृषि विकास बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित ४ जना पक्राउ

काठमाडौं । निक्षेप अपचलन गरेर फरार रहेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा तनहँ घर भएका संस्थाका अध्यक्ष तेज व्रिकम थापा, ललितपुर घर भएका व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरु भिमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो ।

थापा २०५६ सालदेखि संस्थाको चिफ अकाउण्टेण्ट र संस्थापक सदस्य रहेको, २०६० देखि संस्थाको कार्यकारी अध्यक्ष रहेको, २०६६ सालदेखि समिट अस्पताल लोकन्थलीको अध्यक्ष रहेको, २०७० देखि अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेशन उद्योगको अध्यक्ष, २०७१ देखि कृषि टेलिभिजनको संस्थापक अध्यक्ष, २०७३ सालदेखि गोरखा टेलिभिजन (साझा संसर मिडिया नेटवर्क) को संस्थापक अध्यक्ष, २०७४ सालदेखि यति हर्बस प्रा.लि.को अध्यक्ष, २०७१ सालदेखि इन्टेन्सिव एग्रिकल्चर कम्पनी प्रा.लि.को अध्यक्ष, २०६६ देखि कृषि इन्भेष्टमेण्ट प्रा.लि.को अध्यक्ष, २०७० देखि कृषि फ्रेस प्रा.लिको अध्यक्ष र २०७६ देखि यति टेक्निक प्रा.लि.को अध्यक्ष रहेको पाइएको छ ।

निजमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा २६ लाख ६६ हजार ६६६ मा बैंकिङ कसुर मुद्दाहरु रहेका छन् । साथै, दुई मुद्दामा कारबाही भोगिसकेको र तीन मुद्दामा फरार रहेको पाइएको छ ।

उनीहरुविरुद्ध ९४ करोड २३ लाख ४२ हजार रुपैयाँ निक्षेप अपचलन गरेको आरोप छ । उनीविरुद्ध ५ सय ६६ जनाले जाहेरी दिएका थिए ।

२ हजार ५ सय ३१ जना बचतकर्ताको बचत अपचलन गरेको प्रहरीले जनाएको छ । उनीहरुको साथ मोबाइल, चेक, पेन ड्राइभ, गाडि बरामद गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved