काठमाडौं । युरो कपमा डेब्यु गरेको अल्बानियाले खेल सुरु भएको पहिलो मिनेटमै गोल गरेर सनसनी मच्चाएको छ ।
समूह बी मा रहेको डिफेन्डिङ च्याम्पियन इटालीलाई खेल सुरु हुनासाथ गोल हानेर अल्बानियाले इतिहास रचेको हो ।
नेदिम बज्रामीले पहिलो मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेल सुरु भएको २३ सेकेण्डमा बज्रामीले गोल गर्दै युरोमा सबैभन्दा छिटो गोल गर्नै कीर्तिमान बनाएका छन् ।
उनले सन् २००४ मा रुसका दिमीत्री किरिचेन्कोले ग्रिसविरुद्ध ६७ सेकेण्डमा गरेको गोलको कीर्तिमान तोडेका हुन् ।
अल्बानियाको यो अग्रता लामो समयसम्म टिक्न सकेन अन्तत: २ – १ ले इटालीसँग पराजित भयो ।
इटालीका लागि एलेजान्द्रो बास्टोनीले ११ औं मिनेटमा गोल गर्दै खेल बराबरी गरेका थिए । १६ औँ मिनेटमा निकोलो बरेलाले अर्को गोल थपेपछि इटाली २–१ ले विजयी भयो ।
यो सँगै ३ अंक जोडेको इटाली समूहको दोस्रो स्थानमा छ ।

Facebook Comment
Comment