एजेन्सी । गर्मी मौसममा जति राम्रो कपडा लगाए पनि घाममा बाहिर हिँडेपछि पसिनाले खराब हुन सक्छ । यसबाहेक पसिनाको दुर्गन्ध कपडाबाट आउन थाल्छ ।
यसका कारण कहिलेकाँही सार्वजनिक ठाउँमा लज्जास्पद अनुभूति गर्नुपर्ने पनि हुन्छ । यस्तो पसिनाको दुर्गन्ध हटाउन केही घरेलु उपाय अपनाउन सकिन्छ । जानौं–
यदि पसिनाको दुर्गन्ध गएको छैन भने कपडा धुनेबेला कागतीको रस मिसाउनुहोस् । यसले दुर्गन्ध सजिलै हट्नेछ ।
कपडाको दुर्गन्ध हटाउन बेकिंग सोडाको प्रयोग पनि गर्न सकिन्छ । यसका लागि धुने पानीमा बेकिंग सोडा मिसाउनुहोस् र कपडालाई सफा गर्नुहोस् ।
कपडालाई घाममा राम्रोसँग उल्टो बनाएर सुकाउँदा दुर्गन्ध राम्रोसँग जान्छ । यो सबैभन्दा राम्रो तथा सजिलो तरिका हो ।
कपडाको दुर्गन्ध हटाउन एक बाल्टी तातो पानी लिनुहोस् । यसमा दुई चम्चा एप्पल साइड भेनेगर मिसाएर कपडालाई भिजाइदिनुहोस् । केही समयपछि कपडालाई सफा पानीले धुनुहोस् । कपडालाई जहिले पनि धुनुअघि केहीबेर सरफमा भिजाउनु पर्दछ । यसले कपडामा भएको फोहोर र गन्ध राम्रोसँग पखालिन्छ । यसरी कपडा धुन सजिलो पनि हुन्छ ।
Facebook Comment
Comment