वर्षाका कारण रद्द भयो भारत र क्यानडाबिचको खेल

नेपालभ्युज

वर्षाका कारण रद्द भयो भारत र क्यानडाबिचको खेल

काठमाडौं ।  भारत र क्यानडाबिचको टी–२० विश्वकप खेल वर्षाका कारण रद्द भएको छ ।

शनिबार राति हुने तय भएको भारत र क्यानडा बिचको खेल वर्षाका कारण रद्द हुँदा भारत र क्यानडाले १-१ अंक बाँडे।

फ्लोरिडामा पछिल्लो एक सातादेखि भारी वर्षा भइरहेकाले  यो मैदानमा लगातार तेस्रो खेल हुन नसकेको हो ।

यसअघि वर्षाकै कारण गत ४ जुनमा इंग्ल्यान्ड र स्कटल्यान्डको खेल  प्रभावित हुँदा दुबै टिमले समान १-१ अङ्क बाँडे। त्यस्तै शक्रबार (१४ जुन) मा आयरल्यान्ड र अमेरिकाबिचको खेल पनि वर्षाका कारण रद्द भएको थियो। त्यसअघि ११ जुनमा नेपाल र श्रीलंकाबिचको खेल पनि रद्द भएको थियो।

पाकिस्तान र आयरल्याण्डबिच समूह ए को अन्तिम खेल आइतबार फ्लोरिडाको यही मैदानमा हुने तय भएको छ । उक्त खेलपनि के हुने अन्योलता रहेको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved