महतो भन्छन्- लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा गर्न ‘राष्ट्रिय मुक्ति क्रान्ति’

नेपालभ्युज

महतो भन्छन्- लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा गर्न ‘राष्ट्रिय मुक्ति क्रान्ति’
फाइल फोटो

काठमाडौं । लोसपा परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्तिको नेतृत्व गरिरहेका राजेन्द्र महतोले आफूहरूको अभियानको उद्देश्य लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा गर्नु रहेको बताएका छन् ।

शनिबार सर्लाहीको लालबन्दीमा आयोजित ‘मधेसी-पहाडी एकता सभा’मा सम्बोधन गर्दै उनले लोकतान्त्रिक आन्दोलनको कार्यभार पूरा नभएकोले आफूहरुलाई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु परेको बताए ।

मधेस आन्दोलनताका राज्यले मधेशको मुद्दालाई ओझेलमा पार्न पहाडी विरुद्धको आन्दोलन भनेर गलत भाष्य निर्माण गरिदिएको महतोको भनाइ छ ।

त्यही भाष्यलाई चिर्न र सबै उत्पीडित जाति र समुदायको माग मुद्दा पूरा गराउन ‘मधेसी-पहाडी एकता सभा’को आयोजना आवश्यक रहेको उनको भनाइ छ ।

अर्का नेता केशव झाले देशका सबै उत्पीडितहरु अहिलेसम्म छुट्टाछुट्टै संघर्ष गरेकाले कसैले केही प्राप्त गर्न नसकेको बताए । त्यसकारण आदिबासी जनजाति, मधेसी, उत्पीडित खस आर्य सबै मिलेर संघर्ष गर्नुको विकल्प नरहेको उनको भनाइ थियो ।

मधेशमा तराई, पहाड, हिमाल सबै भूगोलका बासिन्दाहरु बस्ने भएकोले आपसी सद्भाव र सहअस्तित्व स्वीकार गर्नुपर्ने उनको भनाइ थियो ।

शनिबार लालबन्दीको खेल मैदानबाट सुरु भएको र्‍याली तरकारी बजार चौकमा पुगी सभामा परिणत भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved