एकीकृत समाजवादीका डेढ लाख संगठित सदस्य, १८ सय प्रतिनिधि महाधिवेशनमा आउने

नेपालभ्युज

एकीकृत समाजवादीका डेढ लाख संगठित सदस्य, १८ सय प्रतिनिधि महाधिवेशनमा आउने

काठमाडौं । महाधिवेशनमा जुटेको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका बताएको छ ।

सचिव जीवनराम श्रेष्ठले महाधिवेशन तयारीका बारेमा जानकारी दिने क्रममा पार्टीमा डेढ लाख कार्यकर्ता संगठित रहेको दाबी गरेका हुन् ।

उनले सोही अनुरुप महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनोट गरिने बताए । महाधिवेशनका लागि करिब एक हजार आठ सय प्रतिनिधि छनोट हुने श्रेष्ठले बताए ।

असार ६ गतेसम्ममा प्रतिनिधि छनोट भइसक्ने उनले बताए ।

महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुनेछन् । विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन् भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको छ ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनोटका लागि संख्या निर्धारण गरिएको छ । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ ।

विसं २००६ मा कोलकातामा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टीको राजनीतिक उत्तराधिकारी आफूलाई मानेको समाजवादीले अहिले सम्म भएका ९ वटा महाधिवेशनको स्वामित्व लिएर अब हुने राष्ट्रिय महाधिवेशनलाई दसौँ महाधिवेशन भनेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved