बजेटमा ओलीको चर्को असन्तुष्टि, एक दुईजना मन्त्री हुँदैमा एमाले चुप नबस्ने चेतावनी

नेपालभ्युज

बजेटमा ओलीको चर्को असन्तुष्टि, एक दुईजना मन्त्री हुँदैमा एमाले चुप नबस्ने चेतावनी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटमा सन्तोष गर्न नसकिने बताएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्वोधन गर्दै ओलीले सरकारले विकास केन्द्रित बजेट ल्याउन नसकेको टिप्पणी गरेका हुन् ।

देशलाई गरिबीतिर जानबाट रोकेर विकास गर्न एमाले सरकारमा गएको तर विकास नै नभएपछि सन्तोष गर्ने अवस्था नरहेको जनाए ।

एक दुईजनाको मुख हेरेर सरकारमा छँदै छौँ भनेर नहुने ओलीको भनाई छ । सरकारमा सहभागी भएकै आधारमा चुप लागेर बस्न नहुने ओलीले बताए । कमी कमजोरीमा खुलेर छलफल र समीक्षा जरुरी रहेको ओलीको भनाई छ ।

उनले नेकपा एमालेले चलाइरहेको मन्त्रालयको स्थिति, मन्त्रालयमा बजेट विनियोजनको समीक्षा गर्न मन्त्रीहरुलाई सुझाव दिए ।

उनले मन्त्रालयगत बजेट विनियोजनका बारेमा खुलेर छलफल गर्न आग्रह गरे ।

‘ठिक ठाउँको छलफल, सुझाव, निर्णयबाट मात्रै स्थितिमा परिवर्तन ल्याउन सकिन्छ ।’ उनले भने, ‘नेकपा एमाले प्रतिक्रियावादी शक्तिहरू जसरी विचार, नीति, उद्देश्य शून्य, स्वार्थका थैला बोकेर हिँड्ने पार्टी होइन ।’

त्यस्तै अध्यक्ष ओलीले विरोधीहरूले पार्टीविरुद्ध भ्रम तीव्र रुपमा फैलाएको आरोप लगाएका छन् । उनले एमालेलाई कमजोर पार्न केपी ओलीले ५ अर्ब खाइसक्यो भनेर हल्ला फिजाएको जिकिर समेत गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved