रास्वपा विभाजनका लागि खेल खेलिरहेका छन् रे भनेर सुनाउँदा मुसुमुसु हाँस्छौँ : स्वर्णिम वाग्ले

‘जसपा फुट्यो रे, माधव नेपालको पार्टी फुट्दैछ रे, तिमीहरूको रास्वपामा पनि खेल खेलिरहेका छन् भनेर सुनाउँछन् क्या । हामी मुसुमुसु हाँस्छौँ र उनीहरूलाई जवाफ दिन्छौँ- हाम्रो पार्टी तिमीहरूले बुझेकै छैनौँ । बुझ्ने मौका नै पाएका छैनौँ’, वाग्लेले भने ।

नेपालभ्युज

रास्वपा विभाजनका लागि खेल खेलिरहेका छन् रे भनेर सुनाउँदा मुसुमुसु हाँस्छौँ : स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि आफ्नो पार्टी एक ढिक्का भएको दाबी गरेका छन् । त्यस बैठकपछि पार्टीका नेतृत्वको गतिविधि एक स्वर र एक पाइला भएको उनले बताए ।

‘नेतृत्वलाई नै डिभाइड गर्ने, कमजोर बनाउने खालको अभ्यास भएको थियो, विपक्षीहरूबाट । हामीले जलेश्वरबाट एक ढिक्काको सन्देश दियौँ । रास्वपा एक ढिक्का छ’, पार्टी स्थापना भएको दुई वर्ष पुगेको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले भने ।

उनले अहिले रास्वपा विभाजनका लागि खेल खेलिरहेका छन् रे भनेर सुनाउँदा मुसुमुसु हाँस्ने गरेको बताए ।

‘जसपा फुट्यो रे, माधव नेपालको पार्टी फुट्दैछ रे, तिमीहरूको रास्वपामा पनि खेल खेलिरहेका छन् भनेर सुनाउँछन् क्या । हामी मुसुमुसु हाँस्छौँ र उनीहरूलाई जवाफ दिन्छौँ- हाम्रो पार्टी तिमीहरूले बुझेकै छैनौँ । बुझ्ने मौका नै पाएका छैनौँ’, वाग्लेले भने ।

उनले पार्टी स्थापनाको दुई वर्ष भयो तर यसबीचमा आफूहरू एउटा सुसंस्कृत राजनीति गर्ने भनेर आएको दाबी ऊरे ।

वाग्लेले रवि लामिछाने संस्थापक सभापति भएको बताउँदै उनकै नेतृत्वमा मिसन २०८४ अगाडि बढ्ने बताए । उनले पार्टीका सबै साथीहरू एकबद्ध भएर सो मिसनलाई सफल बनाउने बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved