टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सागरको स्थानमा सन्दीप

नेपालभ्युज

टी-२० विश्वकप क्रिकेट : दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सागरको स्थानमा सन्दीप
तस्वीर स्रोतः क्यान/फेसबुक

काठमाडौं। टी-२० विश्वकप क्रिकेट (ICC Men’s T20 World Cup) मा दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

किंग्सटाउनमा केही समयमा सुरु हुने खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको हो।

सागर ढकालको स्थानमा सन्दीप लामिछानेलाई टोलीमा समावेश गरिएको छ।

नेपाल आफ्नो पहिलो जितको खोजीमा छ। दक्षिण अफ्रिका भने चौथो जितको खोजीमा छ।

सन्दीप लामिछानेले पनि टोलीमा सहभागी छन्।

नेपाली टोलीः
कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, अनिल शाह , सन्दीप लामिछाने, अभिनाष बोहोरा, कुशल मल्ल, दीपेन्द्रसिंह एरी, सोमपाल कामी, गुलशन झा, करण केसी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved