स्पिनरलाई मद्दत गर्ने पिचमा दक्षिण अफ्रिकासँग भिड्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ-११

सुपर एट प्रवेशको सम्भावना कायमै राख्न टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराउँनै पर्नेछ । यो खेल जित्न सके नेपालको मनोबल उच्च हुनेछ र अर्को टेष्ट राष्ट्र बंगलादेशसँग भिड्न थप सहज हुनेछ ।  सन्दीप टिममा फर्केकाले दक्षिण अफ्रिकासँगको खेलमा नेपालले केही परिवर्तन गर्ने निश्चित छ ।

नेपालभ्युज

स्पिनरलाई मद्दत गर्ने पिचमा दक्षिण अफ्रिकासँग भिड्दै नेपाल, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा शनिबार बिहान नेपाल बलियो प्रतिद्वन्दी दक्षिण अफ्रिकासँग आमने सामने हुँदैछ ।

अन्तराष्ट्रिय क्रिकेटमा नेपाल पहिलो पटक दक्षिण अफ्रिकासँग भिड्न लागेको हो । क्यारिबियन राष्ट्र सेन्ट भिन्सेन्टको सुन्दर मैदानमा नेपाली समयअनुसार बिहान सवा ५ बजे खेल सुरु हुनेछ ।

नेपालका लेग स्पिनर सन्दीप लामिछाने पनि यही खेलमार्फत लामो समयपछि मैदानमा उत्रँदैछन् । त्यसैले पनि नेपाली क्रिकेट प्रेमीले यो खेलको उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन् ।

नेपालका लागि यो खेल निकै महत्त्वपुर्ण छ । सुपर एट प्रवेशको सम्भावना कायमै राख्न टेष्ट राष्ट्र दक्षिण अफ्रिकालाई हराउँनै पर्नेछ । यो खेल जित्न सके नेपालको मनोबल उच्च हुनेछ र अर्को टेष्ट राष्ट्र बंगलादेशसँग भिड्न थप सहज हुनेछ ।

यस्तो छ समीकरण 

सुपर एट प्रवेशका लागि नेपालले आगामी दुवै खेल जित्नुको कुनै विकल्प छैन । नेपालको समूहमा रहेका अन्य सबै राष्ट्रले ३/३ खेल खेलिसकेका छन् । नेपालको मात्रै दुई खेल बाँकी छ ।

दक्षिण अफ्रिका तीन खेल नै जितेर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । ४ अंक रहेको बंगलादेश दोस्रो र २ अंकसहित नेदरल्याण्ड्स तेस्रो स्थानमा छ । नेपाल र श्रीलंकाको समान १/१ अंक छ ।

नेट रनरेटका आधारमा नेपाल श्रीलंकाभन्दा अगाडि रहे पनि अब यसले खास अर्थ राख्नेछैन । किनकि अब रनरेट होइन नेपालका लागि अंकको मात्रै महत्त्व छ ।

नेपाल रहेको समूह ‘डी’बाट दक्षिण अफ्रिकाले सुपर एटको टिकट काटिसकेको छ । अर्को टेष्ट राष्ट्र श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।

यो समूहबाट अन्य तीनवटै टोलीको सुपर एट पुग्ने सम्भावना जीवित छ । तर, सबैभन्दा धेरै सम्भावना भने बंगलादेशकै छ । शनिबार बिहान नेपाल दक्षिण अफ्रिकासँग हार्यो भने उसको दाबेदारी थप मजबुत हुनेछ ।

त्यस्तो अवस्थामा नेपालसँग हारे पनि बंगलादेश सुपर एटमा पुग्न सक्नेछ । नेदरल्याण्ड्सले श्रीलंकालाई राम्रो रनरेटमा हराएमा र नेपालसँग पनि फराकिलो अन्तरले हारेमा मात्रै बंगलादेश बाहिरिनेछ ।

आगामी दुवै खेल जित्न सके नेपाल पाँच अंकसहित तालिकामा दोस्रो भएर सुपर एटमा प्रवेश गर्नेछ ।

सन्दीपको प्रदर्शन कस्तो होला ?

सेन्ट भिन्सेन्टको पिच स्पिनरलाई मद्दत गर्ने खालको छ । अमेरिकाका पिचमा पेश बलर हावी भएका थिए । त्यसैले हरेक टोलीले वेस्ट इन्डिजमा स्पिनर खेलाउन थालेका छन् ।

बिहीबार राति बंगलादेश र नेदरल्याण्ड्सबीचको खेलमा पनि स्पिनर प्रभावकारी देखिए । बंगलादेशका स्पिनर रिसाद होसिनले तीन विकेट लिए । अन्य तीन विकेट पनि स्पिनरकै नाममा थिए ।

यसले पनि सेन्ट भिन्सेन्टको पिच स्पिनरलाई मद्दत गर्ने खालको रहेको देखाउँछ । क्यारिबियन लिग खेलिसकेकाले सन्दीप वेस्ट इन्डिजका पिचसँग परिचित पनि छन् ।

तर, उनी लामो समयदेखि मैदान उत्रिएका छैनन् । जसले गर्दा प्रदर्शन कस्तो हुनेछ भनेर अहिले नै अनुमान लगाउन गाह्रो छ । अर्कातिर दक्षिण अफ्रिकामा नाम कहलिएका ब्याट्सम्यान छन् ।

पहिलो पटक खेल्न लागेकाले उनीहरुसँग कसरी प्रस्तुत हुने भन्ने समस्या पनि नेपाली बलरमा देखिन सक्छ । सन्दीप १०० विकेट लिन मात्रै २ खुड्किलो टाढा छन् । यो विश्वकपमा उनले त्यसलाई पुरा गर्लान कि नगर्लान भन्ने चासो पनि छ ।

नेपालको सम्भावित प्लेइङ – ११ 

सन्दीप टिममा फर्केकाले दक्षिण अफ्रिकासँगको खेलमा नेपालले केही परिवर्तन गर्ने निश्चित छ । सागर ढकालको स्थान सन्दीपले लिनेछन् । अन्य ठूलो परिवर्तनको सम्भावना भने देखिएको छेन ।

नेपालको सम्भावित प्लेइङ ११ यस्तो छ :

कुशल भूर्तेल, आसिफ शेख, अनिल साह, रोहित पौडेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, गुल्सन झा, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved