काठमाडौंमा खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

नेपालभ्युज

काठमाडौंमा खानेपानीको अभावमा मर्ने दिन आउँदैछ : प्रेम सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले खानेपानीको अभावमा काठमाडौमा निस्सासिएर मर्ने दिन आउन लागेको चेतावनी दिएका छन् ।

मेलम्चीको पानीले काठमाडौंमा नपुग्ने र लार्के तथा याङ्ग्रीको पानी पनि तत्काल ल्याउन सक्ने अवस्था नभएकाले काठमाडौंका बासिन्दा खानेपानीको अभावमा निस्सासिएर मृत्युवरण गर्नुपर्ने अवस्था आउने उनको दाबी थियो ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै सांसद सुवालले खानेपानीको स्रोतको व्यवस्था संघीय सरकारले त्यसको वितरणको काम स्थानीय सरकारले गर्नुपर्ने प्रस्ताव गरे ।

उनले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार देशभर खानेपानीको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए । देशभर सुख्खा बढिरहेको उल्लेख गर्दै सांसद सुवालले त्यस्ता ठाउँहरुमा पानी पुरणभरणको बन्दोबस्त गर्न पनि सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए ।

सांसद सुवालले देशभर आर्सेनिकमुक्त खानेपानीको व्यवस्था गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved