निर्मल पुर्जा ‘राष्ट्रको गहना’, ‘अनावश्यक टिकाटिप्पणी’ नगरियोस् : सांसद कल्पना मियाँ कुसारी

'सांसद रक्सी खाएर सदनमा आए'

नेपालभ्युज

निर्मल पुर्जा ‘राष्ट्रको गहना’, ‘अनावश्यक टिकाटिप्पणी’ नगरियोस् : सांसद कल्पना मियाँ कुसारी

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले पर्वतारोही निर्मल पुर्जामाथि सदनमा अनावश्यक टिकाटिप्पणी भइरहेको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेकी छिन् ।

शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले भनिन्, ‘ यस्ता अनावश्यक विषयमा, पत्रपत्रिकामा आएकै न्युजका भरमा देशको गहनामाथि नियतवश, अनावश्यक विषयमा उहाँलाई विवादमा तान्न खोजिएको छ, यसलाई रोकियोस् भन्न चाहन्छु ।’

उनले सम्बोधनका क्रममा पुर्जालाई विश्व रेकर्ड राखेका, राष्ट्रलाई दुनियाँ सामु चिनाउन सफल, कुशल पर्वतारोही भन्दै चिनाएकी थिइन् ।

सांसदहरूले पुर्जाको विषयमा टिकाटिप्पणी राखेको भन्दै ‘देशलाई विश्वमा चिनाउन सफल निर्मल पुर्जा विरुद्ध अनावश्यक टिकाटिप्पणी गर्न कसैलाई छुट’ नभएको बताइन् ।

पुर्जामाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ । उनको नागरिकताको विषयमा पनि विवाद उठेको छ ।

सम्बोधनका क्रममा सांसद कुसारीले सांसदहरूले सदनमा रक्सी खाएर आएको आरोप पनि लगाइन् । भनिन्, ‘अघिल्लो बजेटका बेलामा यहीँ, यही सदनभित्र, सांसदहरूले, बजेटका बेलामा रक्सी खाएर आउनुभएको थियो । त्यो त हामीले कुरा निकालेनौँ त ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved