ओमानमाथि इङ्ल्याण्डको कीर्तिमानी जित, ‘सुपर ८’ मा पुग्ने सम्भावना भने अझै अनिश्चित

नेपालभ्युज

ओमानमाथि इङ्ल्याण्डको कीर्तिमानी जित, ‘सुपर ८’ मा पुग्ने सम्भावना भने अझै अनिश्चित

काठमाडौं । इङ्ल्याण्डले ओमानमाथि ८ विकेटको जित दर्ता गरेको छ । बिहान भएको खेलमा इङ्ल्यान्ड ८ विकेटले विजयी भएको हो ।

पहिले ब्याटिङ गरेको ओमानले १३ दशमलव २ ओभरमा अलआउट हुनुअघि ४७ रन मात्रै बनाउन सक्यो ।

जवाफी ब्याटिङ गरेको इङ्ल्याण्डले भने ३ दशमलव १ ओभरमै जम्मा दुई विकेट गुमाएर ५० रन बनाउँदै कीर्तिमानी जित हासिल गर्न सफल भयो ।

जितसँगै तीन खेलमा तीन अंक नै जोडेको इङ्ल्यान्डको सुपर – ८ मा पुग्ने सम्भावना बढेको छ । इङ्ल्यान्डले समूह चरणको अन्तिम खेल भोलि नामिबियासँग खेल्ने छ । समूह बी बाट एक खेल्न बाँकी अस्ट्रेलियाले भने यसअघि नै सुपर – ८ मा स्थान बनाइसकेको छ ।

एक खेल खेल्न बाँकी स्कटल्यान्डको पाँच अंक छ । स्कटल्यान्डले समूह चरणको अन्तिम खेल आइतबार अस्ट्रेलियासँग खेल्ने छ । नामिबियासँग जिते र अस्ट्रेलियाले स्कटल्यान्डलाई पराजित गरे इङ्ल्यान्ड रनरेटको आधारमा सुपर एटमा पुग्ने छ ।

तर, अस्ट्रेलिया र स्कटल्यान्डबीचको खेल नतिजाविहीन भए या स्कटल्यान्ड विजयी भए इङ्ल्यान्ड समूह चरणबाटै बाहिरिने छ ।

समूह बी बाट दुई अंक जोडेको नामिबिया र अंकविहीन रहेको ओमान प्रतियोगिताबाटै बाहिरिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved