टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी

नेपालभ्युज

टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भयो : रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टीकापुर घटनामा जबरजस्ती दोषी बनाइएका थारुहरुलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्नुपर्ने बताएका छन् ।

नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले घाइतेलाई रिक्सामा हालेर अस्पताल पुर्‍याउनु अपराध हो ? भन्दै प्रश्न गरे ।

उनले टीकापुर घटना गराउनेको नाम सार्वजनिक गर्ने बेला भइसकेको बताए । उनले कसले घटना गरायो भन्ने कुरा लाल आयोगलाई सोध्न आग्रह गरे ।

चौधरीले साढे १० हजार जनप्रतिनिधि र १ लाख ३९ हजार थारुहरु जम्मा भएको नागरिक उन्मुक्तिको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु दुःखको कुरा भएको बताए ।

उनले अहिलेको शासन पद्धतिबाट आफूहरु आजित भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved