फिफा विश्वकप छनोटको अन्तिम खेलमा यमनविरुद्ध नेपालको २ गोल

नेपालभ्युज

फिफा विश्वकप छनोटको अन्तिम खेलमा यमनविरुद्ध नेपालको २ गोल

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपालले यमनसँग २–२ को बराबरी खेलेको छ । इन्जुरी समयमा सम्हालिन नसक्दा नेपाल बराबरीमा रोकिएको हो ।

गएराति साउदी अरेबियामा भएको खेलको इन्जुरी समयअघिसम्म नेपालले २–१ को अग्रता बनाएको थियो । तर, इन्जुरी समयमा गोल व्यहोरेपछि नेपाल जित्ने अवसरबाट चुकेको हो ।

खेलको नवौँ मिनेटमा अल गहवासीले पेनाल्टीमा गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए । तर, यमनको अग्रतालाई नेपालले लामो समयसम्म टिक्न दिएन । २२औँ मिनेटमा नेपालका सञ्जिव विष्टले खेललाई १–१ को बराबरीमा फर्काएका थिए ।

६६औँ मिनेटमा जिलेस्पीजंग कार्कीले हेडर गोल गर्दै नेपाललाई २–१ को अग्रतामा राखेका थिए । तर, इन्जुरी समयमा अल दाहीले गोल गरेपछि यमन खेलमा फर्किएको हो ।

नेपालले छनोटको दोस्रो चरणमा गोल गरेको यो नै पहिलो पटक हो । यसअघि पाँच खेल खेल्दासम्म नेपाल गोलविहीन र अंकविहीन थियो ।

अन्तिम खेलमा बराबरीको नजितापछि नेपालले छनोटको दोस्रो चरणमा अन्तिम स्थानमा रहँदै खेल टुंग्याएको छ । नेपालले दोस्रो चरणमा २० गोल खाएको छ भने दुई गोल गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved