वीरेन्द्रनगरका लेखा अधिकृत हरि क्षेत्रीको निधन

नेपालभ्युज

वीरेन्द्रनगरका लेखा अधिकृत हरि क्षेत्रीको निधन

सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाका लेखा अधिकृत हरि क्षेत्रीको निधन भएको छ । हाल वीरेन्द्रनगर–७ इत्राम घर भएका ५२ वर्षीय लेखा अधिकृत क्षेत्रीको मंगलबार निधन भएको हो ।

उनको जन्मघर पर्वतको कुस्मा हो ।

वीरेन्द्रनगरका निमित्त प्रमुख प्रशासकीय अधिकृतसमेत रहेका क्षेत्रीको हृदयघातका कारण निधन भएको कर्णाली प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले बताए ।

उपचारका लागि चिकित्सकले सक्दो प्रयास गरे पनि अक्सिजनको लेभलमा सुधार नभएपछि निधन भएको उनको भनाइ छ ।

स्थानीय निजामति कर्मचारीमा समायोजन भएपछि क्षेत्री २०७४ साउन १५ गते वीरेन्द्रनगर नगरपालिकाका हाजिर भएका थिए ।

त्यसअघि उनी दैलेख, कालिकोट लगायतका जिल्लामा कार्यरत रहेको वीरेन्द्रनगर नगरपालिकाका जिन्सी शाखाका प्रमुख खड्क केसीले बताए ।

क्षेत्रीलाई हृदयघात हुनुपूर्व बुलबुले तालमा डुंगा उद्घाटन कार्यक्रमको उदघोषण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved