जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

नेपालभ्युज

जसपा नेपालको महाधिवेशन : राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल सुरु

जनकपुरधाम । जसपा नेपालको महाधिवेशन अन्तर्गतको बन्द सत्रमा समूहगत छलफल सुरु भएको छ।

पार्टी अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिहरूलाई विभिन्न दशवटा समूहमा विभाजन गरिएको छ ।

प्रत्येक समूहबाट टोली नेता चयन हुने र टोली नेताले प्रतिवेदनमाथि आ-आफ्नो समूहमा उठेका विचार र निष्कर्ष प्रस्तुत गर्नेछन् ।

प्रत्येक समूहमा एक सय बीस जना प्रतिनिधि रहेको जसपा नेपालले बताएको छ ।

जसपा नेपालको महाधिवेशनबाट नेतृत्व चयनका लागि बुधबारदेखि निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved