आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु, असार ७ गते पारित गर्ने संसदको योजना

नेपालभ्युज

आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु, असार ७ गते पारित गर्ने संसदको योजना

काठमाडौं । प्रतिनिधि सभाले आगामी आर्थिक वर्षको बजेट असार ७ गते पारित गर्ने तयारी गरेको छ ।

संसदले असार ७ गते बजेट पारित गर्ने कार्यतालिका तय गरेको हो । आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल सुरु गरेको संसदले असार ७ मा बजेट पारित गर्न सकिने योजना बनाएको हो । असार ७ गतेसम्म बजेटको शीर्षकगत छलफल चल्नेछ । प्रतिनिधि सभाको बैठक सार्वजनिक बिदाको दिन मात्रै नबस्ने गरी कार्यतालिका तय गरिएको छ ।

सोही दिन बजेट पारित गर्ने संसदीय क्यालेन्डरमा उल्लेख छ । संसद सचिवालयले तयार पारेको क्यालेन्डरमा असार ७ गते प्रतिनिधि सभामा विनियोजन विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्ने उल्लेख छ । बजेटमाथि सामान्य छलफल सकिएको छ ।

सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved