काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले अचानक संसद भंग गरेका छन् ।
प्रतिपक्षी नेशनल र्याली पार्टीले युरोपियन युनियनको चुनावमा राम्रो नतिजा ल्याएपछि राष्ट्रपति म्याक्रोनले संसद भंग गर्दै टेलिभिजन मार्फत चुनावको घोषणा गरेका हुन् ।
म्याक्रोनले यही जुन ३० र आउँदो ७ जुलाईमा चुनाव गर्ने बताएका छन् ।
युरोपियन युनियनको फ्रान्सको मतदान सम्पन्न भएपछि एक्जिट पोलको नतिजा आउनेबित्तिकै चुनावको घोषणा गरेका हुन् ।

एक्जिट पोललाई मान्ने हो भने अति दक्षिणपन्थी पार्टी नेसनल र्यालीलाई ३२ प्रतिशत मत प्राप्त हुन सक्ने अनुमान गरिएको छ । जुन राष्ट्रपतिको रेनेसा पार्टीलाई भन्दा दोब्बर बढी हो । रेनेसा पार्टीलाई १३ प्रतिशत मात्रै मत मिल्ने पूर्वानुमान गरिएको छ ।
दोस्रो कार्यकाल पूरा हुन अझै दुई वर्ष बाँकी रहदै म्याक्रोनले संसदीय चुनावको घोषणा गरेको हो ।
Facebook Comment
Comment