भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालको शपथ

नेपालभ्युज

भारतका प्रधानमन्त्री मोदीले लिए तेस्रो कार्यकालको शपथ

काठमाडौं ।  भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन्।

राष्ट्रपति भवनमा आयोजित एक   समारोहमा आइतबार मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन्। शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।

मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन्। मोदीले शपथ लिएपछि यसअघिको मन्त्रीमण्डलमा रक्षा मन्त्री रहेका  राजनाथ सिंहले शपथ लिए । यसैगरी पहिले गृहमन्त्री रहेका अमित शाह तेस्रो नम्बरमा  शपथ लिएका छन्।

त्यस्तै नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved