नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ

समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

नेपालभ्युज

नेपाल–भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ : उपप्रधानमन्त्री श्रेष्ठ
फाइल फोटो

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको ‘वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा : नेपाल—भारतको सांस्कृतिक सन्दर्भ’ विषयक दुई दिवसीय संगोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए ।

उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको शुरुवात हुने विश्वास व्यक्त गरे । सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै उनले राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताए ।

समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

उनले सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताए ।

उनले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तीर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोबल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिबद्ध रहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved