जसपा नेपाल फुटविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

नेपालभ्युज

जसपा नेपाल फुटविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल फुट विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतमा गत शुक्रबार हेर्दा हेर्दैमा परेको रिटमा आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिटको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन नै निष्क्रिय भएका बेला पार्टी फुटलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै अध्यक्ष उपेन्द्र यादव अदालत पुगेका थिए । यादवले पार्टी फुटाएर गएकाहरुको सांसद र मन्त्री पद निलम्बन गर्न माग गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved