प्रधानमन्त्री कप पुरूष भलिबल : हेल्प नेपालले जित्यो उपाधि

नेपालभ्युज

प्रधानमन्त्री कप पुरूष भलिबल : हेल्प नेपालले जित्यो उपाधि

काठमाडौं । प्रधानमन्त्री कप पुरूष तथा महिला भलिबल लिगमा पुरुषतर्फको उपाधि टिप टप हेल्प नेपालले जितेको छ ।

राष्ट्रिय खेलकुद परिषद्(राखेप)को कभर्डहलमा शनिबार भएको फाइनलमा गण्डकी प्रदेशलाई हेल्प नेपालले ३—१ ले पराजित गरेको हो ।

पहिलो सेट २२-२५ ले जितेको हेल्प नेपालले दोस्रो सेट भने २५-२० ले गुमाएको थियो । तेस्रो र चौथो सेट हेल्प नेपाल २०-२५ र २०-२५ ले जित्दै च्याम्पियन बन्यो ।

यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब बुटबललाई हराउँदै नेपाल पुलिस क्लबले उपाधि जितेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved