दिनहुँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदी तोलाकै १९ सय रूपैयाँ

नेपालभ्युज

दिनहुँ रेकर्ड बनाउँदै सुनको मूल्य, चाँदी तोलाकै १९ सय रूपैयाँ

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड बनाइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार रूपैयाँले बढेर १ लाख ४५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यो अहिलेसम्मकै उच्च हो । यसअघि बिहीबार सुन तोलाको १ लाख ४४ हजार कायम हुँदै रेकर्ड बनाएको थियो ।

शुक्रबार तेजाबी सुनको मूल्य तोलाको १ लाख ४४ हजार ३ सय रूपैयाँ कायम भएको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved