गृहमन्त्री लामिछानेले समाचार रोक्न दबाब दिएको कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको आरोप

नेपालभ्युज

गृहमन्त्री लामिछानेले समाचार रोक्न दबाब दिएको कान्तिपुरका प्रबन्ध निर्देशक सम्भव सिरोहियाको आरोप

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक सम्भव सिरोहियाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूविरुद्धका समाचार दबाउन अनुरोध गरेको आरोप लगाएका छन् ।

आज बिहान भिडिओ सन्देश जारी गर्दै उनले सहकारीको बचत रकम अपचलनबारे कान्तिपुरले लगातार समाचार लेख्न थालेपछि समाचार फलोअप नगर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेले अनुरोध गरेको दाबी गरेका हुन् ।

लामिछानेको अनुरोधलाई आफुहरुले नमानेकैले प्रतिशोधका आधारमा उनले आफ्ना पितासमेत रहेका ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको दाबी गरेको छ । लामिछानेले रिसिबी साध्न अध्यक्षलाई झुटो आरोपमा फसाएको सम्भवको दाबी छ ।

उनको भिडियो सन्देशमा कान्तिपुरले गरेका कामको प्रचारसँगै लामिछानेका विषयमा सबै भन्दा बढी समय खर्चिएको छ ।

उनले जारी गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । केही समय मत्थर देखिएको यो प्रकरण फेरि सतहमा आएको छ ।

उनले जारी गरेको भिडियोमा कमेन्ट सेक्सन अफ गरिएपनि पक्ष विपक्षमा बहस हुन थालेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved