एजेन्सी । नेशनल जियोग्राफिकका अनुसार संसारभर सर्पको प्रजाति तीन हजार भन्दा धेरै छ । यसमध्ये एउटा प्रजातिको सर्प सबैभन्दा विषालु मात्र नभएर रंग परिवर्तनमा पनि माहिर हुन्छ ।
भनिन्छ यो संसारको सबैभन्दा विषालु सर्प हो । यसको नाम इनल्यान्ड ताइपेन हो । यो सर्पलाई विज्ञानको भाषामा अक्सीयुरेनस माइक्रोलेपिडोटस भनिन्छ । यो मध्यम आकारको सर्प हुन्छ, जसले मौसम अनुसार रंग पनि परिवर्तन गर्छ ।
यो सर्प आफ्नो रंग परिवर्तन गरेर हल्का खैरो रंगदेखि गाढा खैरो, हरियो र पहेंलोसम्म हुन सक्छ । जाडोमा यसको रंग गहिरो र गर्मीमा हल्का हुने गर्छ । यसको विष निश्चित समयभित्र एक सय मानिसलाई मार्न सक्छ । तर, वास्तविकतामा भने यो सर्प एकदमै लजालु स्वभावको मानिन्छ । जसले गर्दा मानिसको सम्पर्कमा एकदमै कमै मात्रामा आउँछ ।
यी सर्पहरू आमरूपमा १० देखि १५ वर्षसम्म जीवित रहन्छन् । यो सर्प साउथवेस्ट क्वीन्सल्यान्ड र नर्थवेस्ट साउथ अस्ट्रेलियामा पाइन्छ ।
Facebook Comment
Comment